Message From NCC President

'' समावेशिता, पारदर्शिता, ईमान्दारिता र क्रियाशिल्ता '' मेरो प्रण

आदरणिय दाजुभाई, दिदी बहिनिहरु तथा सुभेक्छुकहरूमा हार्दिक अभिवादन छ। 2019.08.18 मा सम्पन्न गैर आवासिय नेपाली संघ स्विटजरल्याण्ड को अधिवेशनबाट मलाई अगामी कार्यकाल १९-२१ को लागी निर्विरोध अध्यक्ष पदमा निर्वाचित गरिदिनु भएकोमा सम्पूर्ण स्विस बासी दिदी बहिनी र दाजुभाईहरुलाई मेरो अन्तर हृदयबाट हार्दिक धन्यवाद तथा यहाहरुको सहयोगको लागी आभार व्यक्त गर्न पाउँदा खुसी लागेको छ । साथै मेरो आफन्तहरू एवं शुभेच्छुकहरुको सहयोगको लागी पनि हार्दिक धन्यवाद ज्ञापन गर्दछु । मलाइ लागेको छ निर्विरोध निर्वाचित हुनुभनेको यो एकता को चिन्तन मननको परिणाम पनि हो ।आउदा दिनहरूमा यसरिनै यहाँहरुको अमुल्य राय,सल्लाह, सुझाव र सहयोगको अपेक्षा गर्दै आपनो घोसणा पत्रमा उल्लेख भए अनुसारको प्रतिवद्धतालाई अन्तर हृदयमानै आत्मासाथ गरि पुरा गर्ने दृढता पुन यहाँहर समक्ष राख्न चाहन्छु । 

शिव कुमार सुब्बा
अध्यक्ष
गैर आवासिय नेपाली संघ स्विटजरल्याण्ड