एनसीसी स्वीजरल्याण्डको महिला फोरमद्वारा वीर अस्पताललाई ह्विलचेयर हस्तान्तरण

Published On: Wednesday, November 28, 2018 | Source: NRNA SWITZERLAND
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्वीजरल्याण्ड, महिला फोरमले आज (२८, नोभेम्बर २०१८) मा नेपालको पहिलो अस्पताल वीर अस्पतालमा सहयोग स्वरुप ह्विलचेयर हस्तान्तरण गरेको छ । वीर अस्पतालमा आज आयोजित एक कार्यक्रममा एनसीसी स्वीजरल्याण्ड महिला फोरमका सल्लाहकार एवं पूर्व उपाध्यक्ष विजया भट्ट र गैरआवासीय नेपाली संघका प्रमुख कार्यकारी अधिकृत डा. हेमन्त दवाडीले महिला फोरमको तर्फबाट अस्पतालका निमित्त निर्देशक  डा. सरोज शर्मालाई  ह्विलचेयर हस्तान्तरण गर्नुभएको हो । 
राष्ट्रिय समन्वय परिषद स्वीजरल्याण्डका महिला संयोजक शुभ एल्मर लामाको संयोजनमा अस्पताललाई १२ वटा  ह्विलचेयर  प्रदान गरिएको हो ।  विशेषगरी वीर अस्पतालमा आउने सर्वसाधारण बिरामीको सेवाका निम्ति सो सहयोग गरिएको हो । कार्यक्रमको सुरुवातमा गैरआवासीय नेपाली संघका प्रमुख कार्यकारी अधिकृत डा. हेमन्त दवाडीले एनआरएनए तथा महिला फोरमको बारेमा प्रष्ट पार्नुभएको थियो ।
 
कार्यक्रममा डा. शर्माले सहयोगप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि निरन्तरता रहने आशा व्यक्त गर्नुभयो । कार्यक्रममा अस्पतालका तर्फबाट शर्मा सहित नर्सिङ विभागका प्रमुख रिना श्रेष्ठ र नाक कान घाँटी विशेषज्ञ डा. जयेन्द्र प्रधानको उपस्थिती रहेको थियो । यस्तै संघका सचिवालय सदस्यहरु, तथा अन्य सञ्चारकर्मीको उपस्थिती रहेको थियो ।  
 
गैरआवासीय नेपाली संघ सचिवालय ।