गैर-आवासीय नेपाली संघ, स्विट्जरल्याण्डको अधिवेशन सम्पन्न अध्यक्षमा सुब्बा

Published On: Monday, August 19, 2019 | Source: NRNA SWITZERLAND

गैर-आवासीय नेपाली संघ, स्विट्जरल्याण्डको छैटौं अधिवेशन बेर्नमा सम्पन्न भएको छ। निर्वाचन प्रक्रियामा ४ जनाको मात्र उम्मेद्वारी दर्ता भएको थियो। सर्वपक्षीय छलफलबाट शिव कुमार सुब्बाको अध्यक्षतामा २०१९-२०२१ का लागि नयाँ कार्यसमिति चयन भएको छ।

अध्यक्षमा शिव कुमार सुब्बा, आईसीसी सदस्यमा भूमिराज गुरुङ, उपाध्यक्षमा  सन्तोष राई र महासचिवमा कुल प्रसाद सिवाकोटी (कृष्ण) निर्विरोध निर्वाचित भएका छन् भने बाकी सर्वपक्षीय छलफलबाट उपाध्यक्षमा शुभ एल्मर, लामा, कोषाध्यक्षमा प्रमोद भट्ट, युवा संयोजकमा श्रवण के. सी., महिला संयोजकमा संम्झना थापा, र सदस्यहरुमा अमिना श्रेष्ठ र बादल बज्राचार्य चयन भएका छन्।

स्वीट्जरल्याण्डका लागि नेपाली राजदूत मणिप्रसाद भट्टराईले संघको ११ औ सभा तथा छैटौ अधिबेशनलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गरेका थिए।

कार्यक्रममा निर्वाचन पर्यवेक्षका रुपमा केन्द्रिय उपाध्यक्ष सपिला राजभण्डारी सहभागी बनिन्।

हालै इटालीमा सम्पन्न युरोपेली बैठकमा मोष्ट एक्टिभ महिला संयोजकको उपाधिले शुभ एल्मर लामा सम्मानित भएकोमा एनआरएनए स्विट्जरल्याण्डले उक्त कार्यक्रममा बधाई तथा सम्मान ब्यक्त गरेको थियो।

भूमिराज गरुङको सभापत्तित्वमा सम्पन्न कार्यक्रममा आईसीसी सदस्य रामकुमार महत्त, स्थापक अध्यक्ष संजय मुडवरी, पूर्व आईसीसी सदस्य पितम गुरुङ, पूर्व अध्यक्ष हिराबल गुरूङ, प्रवासी नेपाली एकता मञ्चका संयोजक अच्युत प्रसाद फुयाल,बेर्न समाजका अध्यक्ष बिष्णु थापा लगायत संघ संस्थाका प्रतिनिधिहरुले बोलेका थिए।