स्वीसनेपाली समाज र एनआरएनए स्विट्जरल्याण्डको आयोजनामा दशै कार्यक्रम सम्पन्न

Published On: Sunday, October 1, 2017 | Source: NRNA SWITZERLAND

३० सेप्टेम्बर २०१७ शनिबारको दिन  स्विट्जरल्याण्डको जुरीख शहरमा नेपालीहरुको महान चाड बिजया दशमी जुरीख निवासी बिन्दु स्टाईनमानको हातबाट टीका ग्रहण गर्दै स्विट्जरल्याण्डका नेपालीहरुले भव्यताका साथ दशै मनाए।

दुर्गा पुजाबाट शुरु गरीएको दशैं कार्यक्रममा माधव आचार्यले बडा दशैंको महत्वको बारे जानकारी गराएका थिए।

स्वीस नेपाली समाज र गैर-आवासीय नेपाली संघ स्विट्जरल्याण्डले संयुक्तरुपमा आयोजना गरेको उक्त कार्यक्रममा स्थानीय कलाकारहरुले आ-आफ्नो नृत्य र गीतहरु प्रस्तुत गरेका थिए भने नानु नेपाली रेष्टुरेन्टले नेपाली खानाको व्यवस्था गरेको थियो।

स्वीस नेपाली समाजका अध्यक्ष मार्कुस रुकस्टुक र गैर-आवासीय नेपाली संघ, स्विट्जरल्याण्डका अध्यक्ष भूमी राज गुरुङले बडा दशैंको शुभ-कामना मन्तव्य व्यक्त गरेका थिए।

गैर-आवासीय नेपाली संघ, स्विट्जरल्याण्डका महासचिव शुक्र श्रेष्ठले गरेको थियो।

नेपालीहरु र स्वीस नागरीकहरुको उल्लेखनीय उपस्थिति रहेको कार्यक्रममा गैर-आवासीय नेपाली संघ, स्विट्जरल्याण्डका महासचिव शुक्र श्रेष्ठले कार्यक्रम संचालन गरेको थियो।