गैर आवासिय नेपाली संघ स्विटजरल्याण्डको जरुरी सुचना:

Published On: Source: NRNA SWITZERLAND

आदर्णीय स्विसवासी दिदीबहिनी एवं दाजुभाइहरू

 बिषय : कोरोना भाइरस ( KOVID 19 ) सम्बन्धी सुचना |

कोरोना भाइरस (KOVID 19)  विश्वभरी महामारीका रुपमा फैलिने डर बढ्दै गएको छ र यसको संक्रमण रोक्ने राम्रो उपाय संक्रमित व्यक्तिको प्रत्यक्ष संपर्कमा नआउनु नै हो भन्ने बिज्ञहरुको भनाई छ। स्विटजरल्याण्ड लगायत विश्वका अधिकांस मुलुकहरुले ठूला सभा सम्मेलन नगर्न, धेरै व्यक्तिहरु एकै ठाउँमा जम्मा नहुन, भिडभाड बाट टाडा रहन निर्देशनात्मक सुझाव जारी गरिसकेका छन्। अन्तर्राष्ट्रिय समुदायको संक्रमण रोकने प्रयासलाई सहयोग गर्नु हामि सबैको दायित्व हो। तसर्थ संघको अन्तर्राष्ट्रिय समन्वय परिषदले हाललाई भेला,  सम्मेलन, ठुला बैठक नगर्ने निर्णय गरेको छ। साथै सवै राष्ट्रिय समन्वय परिषदहरुलाई हाललाई ठुला भेला, सभा, सम्मेलन, मेला, महोत्सव, अत्यावस्यक बाहेकका बैठक नगर्न नगराउन अनुरोध समेत भएको हुनाले सबैको स्वास्थाको ख्याल राख्दै गैर आवासिय नेपाली संघ स्विटजरल्याण्ड ले पनि केहि दिन को लागी कार्यक्रमहरु नगर्ने निर्यण गरेको जानकारी गराउन चाहन्छौ। साथै कोरोना भाइरसको आसंका भएमा Bag.admin.ch साथै Coronavirus infoline +41 58 463 00 00 मा सम्पर्ग गर्नसक्नु हुनेछ।

अध्यक्ष
शिब कुमार सुब्बा

एन आर एन ए स्विटजरलाण्ड